काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड–१९ महामारीविरुद्ध भइरहेको कामबारे छलफल गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणलाई फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारे ।
लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनले बताए ।
‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन’ उनले भने । यसमा नरम बनेर लापरबाही नगर्न पनि उनले सबैलाई सचेत गराए ।





Comment