काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।
ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरे । सम्बोधनका क्रममा विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।
विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।
Comment