सिरहा । सिरहा नगरपालिका १० हनुमानगर बस्ने परसुराम मलाहको छोरा ४० वर्षिय उमा मुखियाले वैदेशिक रोजगारको लागी २०१० मा साउदीको एसिया कम्पनीमा लेवरको काम गर्न स्थानीय दिगम्बर यादवको मार्फद खाडि मुलुक साउदी पुगेका उमा २८ महिना न बित्दै कम्पनी टुटेर घर फर्किएका थिए ।
ऋणमा डुबेका उमा २०११ मा स्थानीय एजेन्ट संग काठमाडौं को हेमन मेनपावर कम्पनी लिमिटेडबाट कतारको सनैया जुबेल फयाम्स क्याप कम्पनीमा पुगेका उमा चार वर्ष उक्त कम्पनीमा विदेशी जीवन बिताए र ३ महिनाको छुटिमा घर फर्केका हुन ।
छुटि बिताइ २०७५ सालको चैत महिनामा पुनः कतार पुगेका हुन् । मुखियाले बिदेशी जानु भन्दा अगाडि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय काठमाडौँबाट १० लाखको वैदेशिक रोजगारी बिमा गराए थिए ।
कतार पुगेको चार महिना न बितदै काम सकाएर घर कोठामा चिप्लिएर पिठको मेन हाड भाचिएको महसुस भएको उमा बेहोस भएका थिए । मुखियालाई उपचारको लागी कतारको अहमद होस्पिटल लगेका थिए ।
२४ घन्टा अस्पतालमा भर्ना राख्नुपर्छ अस्पतालका सर्जन डाक्टरले बताए । उपचार पछी डिस्चार्ज गरेर कम्पनीले कोठा ल्याएका हुन् ३ महिना बेड रेस्ट गर्नु पर्छ डाक्टरले सम्झाए । उमाले ३ महिना पछि आफनै पैसा तिरेर नेपाल आएका हुन् ।
उमाको दुई छोरा र दुई छोरी रहेका छ्न । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लहान शाखाको प्रबन्धक संजय कुमार सिंहले पीडित उमा लाई १२ लाखको चेक हस्तान्तरण गरेका थिए ।
ऋणमा डुबेका उमा यता छोरी विवाहको चिन्तामा छन । इन्स्योरेन्सले चेक दिदा पीडित उमा र उनको श्रीमती राज कुमारी मुखिया खुशी भएका थिए ।
Comment