प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबिच सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबिच सम्झौता भएको छ । कामपाका मेयर बिद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा मिती एक कार्यक्रम बिच सम्झौता भएको हो ।

कामपाको महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सम्वन्धि सम्झौता भएको हो ।

बैंकको नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम रहेका छन् ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार १५:५७ 18 March, 2020 3:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।