नबिल बैंकले संस्थागत परामर्श सेवा उपलब्ध गराउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नबिल बैंकले संस्थागत परामर्श सेवा उपलब्ध गराउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहुभएका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि सेवाहरू उपलब्ध गराउने जनाएको छ ।
वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट र पूँजी पुनर्संरचनाकाे सेवा बैंकले उपलब्ध गराउने जनाएकाे छ ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलबार ०७:४१ 17 March, 2020 7:41 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।