एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशत छुट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाण्डौस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

छुट उपलब्ध गराउने विषयमा बैंक र होटलबीच समझदारी भएको हो। यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ।

समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका छन्। उक्त समझदारीबमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको फुड, बेभरेज, स्पा तथा लाउन्ड्री सेवाहरू प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५५ सम्म छुट पाउनेछन्। साथै यस बैंकका कर्मचारीलाई पनि सोही योजनाअनुसारको छुट उपलब्ध हुनेछ।

यसैगरी बैंकका ग्राहकले देशभरका २ हजार ४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : ४ चैत्र २०७६, मंगलबार ०७:२० 17 March, 2020 7:20 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।