युनाइटेड इदी-मर्दीले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इदी-मर्दीले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्ने



काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम दश कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन छिटोमा चैत्र २४ र ढिलोमा बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार १४:१७