नबिल बैंकको प्रबन्धकमा सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको प्रबन्धकमा सुवेदी नियुक्त



काठमाडौँ । नविल बैंकले लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत कृष्ण सुवेदीलाई बैंकको प्रबन्धकमा नियुक्त गरेको छ । सुवेदी यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको रुपमा कार्यरत रहनुभएको थियो । उहाँले यसअघि बोटलर्स नेपाल हुँदै एनएमबीबाट माछापुच्छ्रे बैंकमा पुग्नुभएको थियो ।

एनएमबी बैंकबाट वित्तिय क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदीलाई संस्थागत बैंकिङ र बाह्य मामिलामा जानकार मानिन्छ । उहाँसंग निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गर्ने क्षमताका आधारमा बैंकको प्रबन्धकमा नियुक्त गरिएको नविल बैंकले जनाएको छ । उहाँले केहि दिनमै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार १२:२९