टोखामा सिभिल बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

टोखामा सिभिल बैंकको शाखा



काठमाडाै । सिभिल बैंकले काठमाण्डौको टोखामा शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका छन् ।

सोही क्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरेको जनाएको छ ।

उक्त डस्टविन बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेको जनाइएको छ । यसका साथै नगरपालिकामा रहेको नारायण पोखरीको पनि सफाई गरेको बैंकले जनाएको छ ।बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंगबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार १२:२३