महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान



काठमाडाै । महालक्ष्मी विकास बैंक महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि४ लेड सूचना बोर्ड जडान गरेको छ ।

उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्ये बैंकले उक्त उपकरण जडान गरेको जनाएको छ ।

बैंकले १०२ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २ चैत्र २०७६, आईतवार १७:१४