मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा यस्ता छन् फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा यस्ता छन् फाइदा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था गरेको छ ।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ ।

भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेसमेत बैंकले जनाएको छ ।

निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप विभिन्न बैंकिङ योजनाहरु अघि सार्दै आइरहेको छ ।

उक्त विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित : २ चैत्र २०७६, आईतवार १७:१०