कृषि विकास बैंकको बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा आइतवार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

यस बर्ष बैंकले ६ प्रतिशत बोनस शेयर दिएको छ । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश समेत गरी २४ प्रतिशत नगद लाभांश समेत बैंकले दिएको छ ।

कृषि विकास बैंकको साधारण सभाबाट पारित ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात दोश्रोबजारमा कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : २ चैत्र २०७६, आईतवार १७:०८