बीमा कम्पनीले संकलन गरेको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिन्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा कम्पनीले संकलन गरेको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिन्छः अर्थमन्त्री



काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिने बताएका छन्। बुधबार बीमा ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे अर्थ समितिमा बुधबार भएको छलफलमा बोल्दै उनले पुँजी बजारमा बीमाको रकम परिचाल गर्न सकेमा बजारमा स्थायीत्व कायम हुने उल्लेख गरे।

उनले बीमाको नियामकलाई अझै बढी प्रभावकारी तुल्याउन बीमा प्राधिकरणको परिकल्पना गरिएको बताएका छन् । बीमा व्यबसायलाई स्तरीय बनाउन र बीमा समबन्धि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्यनजर् गर्दै अहिलेको बीमा समितिको स्थानमा बीमा प्राधिकरणको परिकल्पना गरिएको उनले बताएका हुन् ।

कुनै पनि ब्यबसायको जोखिमलाई न्युनिकरण गर्नको लागि बीमा गर्नु पर्ने र त्यसको नियामक बलियो हुनु पर्ने भएकोले प्राधिकरणको आवश्यकता परेको उनले बताए । प्रस्ताव गरिएको बीमा विधयेकले साना तथा लघु उद्यमीको जोखिम व्यवस्थापनका लागि लघु बीमालाई पनि समेटेको बताए ।

आजको बैठकमा विधयेकमाथि दफावार छलफल भएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार १५:१६