प्राइम लाइफ इन्स्योरेन्सले १२ दशमलव ५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाइफ इन्स्योरेन्सले १२ दशमलव ५ प्रतिशत लाभांश दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आवको नाफाबाट १२ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको गत फागुन २३ गते बसेको सञ्चालक समितिको १३२ औं बैठकले आर्थिक वर्ष २०७४र७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ३२ लाख १० हजार १२८ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलवार १३:२६