सिटी एक्सप्रेस र इएमक्युबीच रेमिटान्स कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटी एक्सप्रेस र इएमक्युबीच रेमिटान्स कारोबार सुरु



काठमाडौँ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यु लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmरबीच रेमिटान्स कारोबर सुरु भएको छ ।

जापान, यूएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्युको सेवाप्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सय बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यु लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १४:१८