सिटिजन्स बैंकको साधारणसभा चैत १० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको साधारणसभा चैत १० गते



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चैत १० गते पाँचौं विशेष साधारण सभा बोलाएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको बैंकले सोही सम्बन्धमा आवश्यक निर्णय गर्न सभा बोलाएको हो ।

सभाको प्रस्तावमा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा शेयर आदानप्रदान अनुपात सहयोगी विकास बैंकको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता (१ः०.९१७५) कायम गर्ने, प्राप्ति गर्न गरिएको अन्तिम सम्झौता लगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका काम कारवाहीहरु अनुमोदन गर्ने, सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।बैंकको फागुन २१ गतेको निर्णय अनुसार अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने भएको हो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १३:२०