सिभिल बैंकको नयाँ शाखा बांगेमुढामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको नयाँ शाखा बांगेमुढामा



काठमाडाैं । सिभिल बैँक लिमिटेडले काठमाडौंको बाङ्गेमुढामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । समृद्विका लागि सिभिल बैँक भन्ने नारा लिएर अगाडि बढेको बैँकले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाङ्गेमुढामा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

आइतबार एक कार्यक्रका बीच सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गर्नुभयो ।

बैँकले सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङखेलस्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार आर्थिक सहयोगसमेत गरेको छ ।

सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकबाट ५३ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १३:५४