रिलायन्स फाइनान्सको ६.५८ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स फाइनान्सको ६.५८ प्रतिशत लाभांश पारित



काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित ६.५८ प्रतिशत लाभांश पारित भएको छ । फागुन १६ गते सम्पन्न संस्थाको दशौं वार्षिक साधारणसभाले कर सहित सो मात्राको नगद लाभांश पारित गरेको हो ।

सभाले पारित गरेसँगै संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ करोड ४७ लाख ६४ हजार २ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार १२:११