सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले विधार्थीहरुलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोसाक हस्तान्तरण गरेको हो ।

विद्यालयको २६ औं वार्षिकउत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाख बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७६, आईतवार १४:३७