एनआइसी एशिया बैंकका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसी एशिया बैंकका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने



काठमाडौं । एनआइसी एशिया बैंक र एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।

साथै, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । यो छुट सुविधा १ वर्षसम्म लागू हुनेछ ।

बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २ सयवटा भन्दाबढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकले यस्तो छुट पाउने बैंकले जनाएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७६, शुक्रबार १४:०८