सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आइपीओ निष्कासन गर्ने



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरकोको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गर्ने जनाएको छ । प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा (कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेत) सार्वजनिक निष्काशन हुने छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहीबार १४:३६