युनाईटेड फाईनान्सले मनायो २५ औं बार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाईटेड फाईनान्सले मनायो २५ औं बार्षिकोत्सव



काठमाडाै । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरुकासाथ भव्यतापुर्बक मनाईएको छ । काठमाण्डौंमा रहेका सबै कर्मचारीहरुको सहभागितामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाण्डौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्त दान, खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजीक कार्यहरु संचालन गर्दै मनाएको हो ।

यसै अवसरमा संस्थाले सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा आएको छ । नेपालकै प्रतिष्ठित भरानाहरुबाट प्रबद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएकोछ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार १६:१९