बोनस प्रस्ताव पारित गर्न आईएमई जनरलले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बोनस प्रस्ताव पारित गर्न आईएमई जनरलले बोलायो साधारण सभा



काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्सले बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई बोनस वितरण सगैँ विभिन्न प्रस्ताव बारे छलफल गर्न उक्त सभा आयोजना गर्न लागेको हो।

सभामा कम्पनीको सञ्चालक समितिले यस अघि लगानीकर्ताहरुका लागि ६ प्रतिशत लाभांश र कर प्रयोजका लागि ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

कम्पनीको साधारण सभा आगामी फाल्गुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजेबाट शुरु हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण पश्चात पूँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : 18 February, 2020 11:27 am