नेप्सेमा गुमाउने भन्दा कमाउने समुह धेरै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा गुमाउने भन्दा कमाउने समुह धेरै



काठमाडाै । आज आईतबार नेप्से १९ दसमलव ३९ अंकले बढेर १३ सय ६३ दसमलव ९७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५८ अंकले बढेर दुुई सय ८५ दसमलव ८२ अंकमा चढेको छ ।

एक सय ७६ वटा कम्पनीहरुको १८ हजार आठ सय ८५ वटा कारोवारमा ४१ लाख पाँच हजार एक सय ३४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९७ करोड ८१ लाख आठ हजार सात सय एक रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव १५ अंकले बढेर ११ सय ४९ दसमलव ९२ अंकमा चढेको छ ।

बिकास बैंक समुहको सुचक पनि चार दसमलव ५४ अंकले बढेर १८ सय २४ दसमलव २२ अंकमा चढेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन । फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नबिल व्यालेन्स फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रलरी प्राली परेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार १६:२८