युनाईटेड फाईनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, यस्ता छन् बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाईटेड फाईनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, यस्ता छन् बिशेषता



काठमाडौ । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आज देखि नै संचालनमा आएको छ ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरीने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ ।

नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएकोछ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरीएकोछ । यो योजना हाललाई फाल्गुण महिना भरीका लागि संचालनमा ल्याईएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार १४:४५