ग्लोबल आइएमई बैंकको शाखा खोटाङमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको शाखा खोटाङमा



काठमाडाै । ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ।

उक्त शाखाको उद्धघाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे।

बैंकले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार ११:०५