सनराइज बैंकको निशुल्क पपर्कन योजना सार्वजनिक, चलचित्र हेर्दै पपर्कन खाँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको निशुल्क पपर्कन योजना सार्वजनिक, चलचित्र हेर्दै पपर्कन खाँदै



काठमाडौं । सनराईज बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सनराईज पपकर्न मेनिया योजना ल्याएको छ । बैंकले क्युएफएक्स सिनेम्याक्ससँगको सहकार्यमा सो योजना संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको उक्त योजना यही फगुन २ गतेदेखि ३ महिनासम्म संचालन हुने छ । सो योजना अन्तरगत बैंकका ग्राहकले क्युएफएक्स सिनेम्याक्सका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपर्कन कुपन निशुल्क प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागि हुन ग्राहकले टिकट खरिद बापतको रकम बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सिनेम्याक्स स्थित पोईन्ट अफ सेल टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति कारोबार अधिकतम ५ ओटा पपर्कन प्राप्त गर्न सकिने छ ।

सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वीस्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । बैंकले डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैकिङलगायतका अत्याधुनिक बैकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताललगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना संचालनमा ल्याउँदै आईरहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार ११:३४