सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग



काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ ।


ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई रु पाँचलाखको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे ।

प्रकाशित : २८ माघ २०७६, मंगलवार ०७:५७