एनएमबि बैंकले घरेलु उद्यमीलाई सहुलियत कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकले घरेलु उद्यमीलाई सहुलियत कर्जा दिने



एनएमबि बैंक लिमिटेड NMB ले विभिन्न वित्तीय सुविधा तथा परामर्श दिने उद्देश्यले नेपालमा तीन घरेलु उद्यमी संघसँग सहकार्य गरेको छ । बैंकले अबद्ध सदस्यको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहित विविध क्षेत्रका गतिविधिमा साझेदारी गर्ने उद्देश्यले नेपाल हातेकागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी तथा हातेकागज उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जामगर तथा उद्यमशील महिला महासंघका अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : २७ माघ २०७६, सोमबार २०:०५