जनतासंग मर्जर भए पछि यस्तो आयो ग्लोबल आइएमई बैंक विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

जनतासंग मर्जर भए पछि यस्तो आयो ग्लोबल आइएमई बैंक विवरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

जनता बैंकलाई मर्जर गरेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचकमा उत्साहजनक वृद्धि गरेको छ । यसअवधिसम्म आइपुग्दा १ अर्ब ६८ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष यसैअवधिमा भन्दा ३७.१३% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफा सहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ । मर्जर अघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा वितरण योग्य नाफा १ अर्ब २० करोड ८५ लाख ३० हजार रुपैयाँ रहेको छ ।


बैंकको खुद ब्याज आम्दानी ४९.०३% ले बढेर ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३६.०८% ले बढेर २ अर्ब ३६ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी वृद्धिको सामान्य दबाब प्रतिसेयर आम्दानीमा परेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसाले घटेर २२ रुपैयाँ ५३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २३ पैसा छ ।

प्रकाशित : २६ माघ २०७६, आइतबार ११:१३ 9 February, 2020 11:13 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।