सेयर बजार ५.३१ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजार ५.३१ अंकले बढ्यो



काठमाडाै । सेयर बजार ५.३१ अंक बढेको छ । बजार बढेर नेप्से परिसूचक १ हजार ३४२ अंकमा पुगेको छ । बजार सामान्य बढ्दा १ अर्ब ८ करोड रुपैयाँ बराबरको ३२ लाख ६० हजार १९८ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार सिभिल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको प्रतिकित्ता १६१ रुपैयाँमा १३ करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै नागरिक लगानी कोषको प्रतिकित्ता २ हजार ४९८ रुपैयाँमा ६ करोड २० लाख, गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६७ रुपैयाँमा ५ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

विकास बैंक, जलविद्युत, उत्पादनमुलक र म्युचअल फण्डको सेयर मूल्य घटेको छ । बैंक तथा वित्तीय संस्था र बीमाको बढेको छ । सर्पोट माइक्रो फाइनान्स, सिभिल बैंक र नागरिक लगानी कोषका लगानीकर्ताले कमाएका छन ।

प्रकाशित : २२ माघ २०७६, बुधबार १५:४६