सिद्धार्थ बैंककाे नयाँ शाखा बाँकेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंककाे नयाँ शाखा बाँकेमा



काठमाडाै । सिद्धार्थ बैंकले बाँकेमा २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले न्यु रोड नेपालगञ्ज र बिपी चोकमा शाखा संचालनमा ल्याएको हो । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप महानगरपालिकाका उप-मेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् भने बिपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ माघ २०७६, बुधबार १५:४३