गुराँस लाईफलाई हकप्रद शेयर निष्काशन गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लाईफलाई हकप्रद शेयर निष्काशन गर्न अनुमती



काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डले मंगलबार गुराँस लाईफको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

गुराँस लाईफले १ः१ रेसियोमा ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो । बोर्डले अनुमति दिएसँगै गुराँस लाईफको शेयर निष्काशन प्रक्रिया अघि बढाउने जनाइएको छ ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनिको शेयर मूल्य लगातार बढ्ने क्रममा रहेको छ ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार २१:१३