एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनश सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनश सेयर सूचीकृत



काठमाडाैँ । नेप्सेमा एक करोड ४२ लाख २८ हजार २७९ कित्ता बोनश सेयर सूचीकृत भएको छ । प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको उक्त बोनस शेयर सूचीकृत भएको न‍ेप्सेले जानकारी दिएको छ ।

मंगलबार प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता सूचीकृत भएको हो ।

बैंकको गत मंसिर ६ गते सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८ अर्ब ८९ करोड २६ लाखको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १५:०६