रिलायन्स फाइनान्सको साधारणसभा फागुन १६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्स फाइनान्सको साधारणसभा फागुन १६ गते



काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडको दशौँ वार्षिक साधारण सभा फागुन १६ गते हुने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बानेश्वर बैंक्वेटमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको हाल कायम चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपियाँ रहेकोमा ५ करोड ४७ लाख ६४ हजार २ सय १४ रुपियाँ नगद लाभांश बाँड्न लागेको हो । साधारण सभा प्रयोजनका लागि माघ २८ गते संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय समेत भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने(मर्जर) र प्राप्ति(एक्वीजिशन) प्रक्रियाका लागि सम्पूर्ण अख्तियार सञ्चालक समितिले दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्ने जनाइएको छ ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १३:३३