माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा कमायाे ८२ करोड १८ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा कमायाे ८२ करोड १८ लाख



काठमाडाै । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षभन्दा ५. १८ प्रतिशतले बढी हो । गत वर्ष पुस मसान्तसम्ममा बैंकले ७८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस बैंकको ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ र शेयरधनी कोषमा ६१ करोड ९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा क्रमशः १७.१० प्रतिशत र ८.०७ प्रतिशत को वृद्धि देखिएको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढाएसँगै बैंकको नाफा बढेको हो।


बैंकको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) गत आवाको तुलनामा ५. १४ प्रतिशतले वृद्धि भई १९.४३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेशियो) ११.७८ र प्रति सेयर नेटवर्थ १३१.८८ रहेको छ । बैंकको दोस्रो त्रैमासको समीक्षा अबधिमा शेयरको अधिकतम मुल्य रु. २३६ र न्युनतम मुल्य रु. २१२ रहेको छ ।

प्रकाशित : 3 February, 2020 10:05 am