कुमारी बैंकको खुद नाफा १८.७४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको खुद नाफा १८.७४ प्रतिशतले बढ्यो



कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १८.७४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६७ करोड ६२ लाख नाफा आर्जन गरेको बैंकको खुद नाफामा १२ करोड ६७ लाख रुपैयाँले वृद्धि भई हाल चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस बैंकको ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ र शेयरधनी कोषमा६८ करोड २८ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) १६.७६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेशियो) ११.३० र प्रति सेयर नेटवर्थ १३०.६४ रहेको छ । बैंकको दोस्रो त्रैमासको समीक्षा अबधिमा शेयरको अधिकतम मुल्य रु. १९६ र न्युनतम मुल्य रु. १९० रहेको छ।

प्रकाशित : २० माघ २०७६, सोमबार १०:०२