कुमारी बैंकको शाखारहित बैंकिङ सेवा कास्कीको छोम्रोंगमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको शाखारहित बैंकिङ सेवा कास्कीको छोम्रोंगमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन्।

उद्धघाटन समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ।

बैंकले आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा दिदैं आएको छ।

प्रकाशित : 2 February, 2020 5:46 pm