सेयर बजारमा उछालः २ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा उछालः २ अर्बको कारोबार



काठमाडाै । आइतबार सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार परिसुचक नेप्से १९ दशमलव ३० अंकले बढेर एक हजार ३४४ दशमलव ६८ बिन्दु कायम भयो भने कारोबार रकम दुई अर्ब चार करोड २२ लाख रुपियाँ बराबरको भयो । आज धेरै कारोबार गर्नेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कारोबार र सूचक दुवै माथि लाग्दा बजारमा गज्जबको रौनक देखिएको छ ।

जसको कारोबार नौ करोड ९७ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेको छ । जसको कारोबार नौ करोड ४७ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै, आज निर्जीवन बैंकिङ समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने जीवन बीमा हाइड्रोपावर, ट्रेडिङ समूहमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

बाँकी अधिकांश समूहको सूचकमा शून्ययदेखि एक प्रतिशतसम्मको सुधार आएको छ । त्यसैगरी, आज धेरै फाइदा खानेमा ग्रामिण विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा सिनर्जी पावरका लगानीकर्ता रहेका छन् । कम्पनी चार दशमलव ७१ प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १५:२७