१ करोड कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१ करोड कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । एक बाणिज्य बैंक र एक विकास बैंक गरी कुल १ करोड २५ लाख ४ हजार ४ सय ६९ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज गरिमा विकास को ४५ लाख ३ हजार २ सय १४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २ सय ५५ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएआची लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : १९ माघ २०७६, आईतवार १५:२०