प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ योजना



काठमाडौं । प्रभु बैंकले ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश नम्बर २ का पाँच वटा जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लालाई केन्द्रित गरी यो योजना ल्याएको हो । सर्वसाधारणलाई बैंकिङ सेवा पु¥याउन पनि यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

यो योजनाको बैंकका प्रमुख व्यापार अधिकृत मणीराम पोखरेल र सीपका टिम प्रमुख बलजित बोहोराले सार्वजनिक गरेका हुन् । यसले उनीहरूलाई बैंकिङ सेवा पु¥याउने मात्र नभएर विदेशबाट बैंकमा पैसा पठाउन समेत सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

प्रकाशित : १५ माघ २०७६, बुधबार १७:००