एनएमबि लघुवित्तको अवितरित हकप्रद शेयरको बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि लघुवित्तको अवितरित हकप्रद शेयरको बाँडफाँड



काठमाडाै । एनएमबि लघुवित्त वित्तीय संस्थाले माघ ५ गतेदेखि १२ गतेसम्म लिलामी बिक्रीमा ल्याएको १ लाख ८ हजार ७३३ दशमलव १३ कित्ता सर्वसाधारण समूहको अवितरित हकप्रद शेयरको बाँडफाँड भएको छ।

लघुवित्तले शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटका अनुसार लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ७५२ रुपैयाँ १० पैसा कायम भएको छ। यसअनुसार कटअफ मूल्य वा सो भन्दा बढी मूल्यमा बोलकबोल गरि बोलपत्र पेश गरेका लगानीकर्ताले लिलामी शेयर सर्कार्ने भएका छन्।

लिलामीमा कूल ५३१ वटा आवेदनबाट ३ लाख ९८ हजार ५६० कित्ताका लागि माग आवेदन परेको थियो। लिलामी आवेदनमा न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ८२० रुपैयाँसम्मको माग आवेदन गरेको क्यापिटलले जनाएको छ ।

लघुवित्तले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १ बराबर १.५ अनुपातमा २४ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गरेको थियो। सो समयमा अवितरित शेयर हाल लिलामी बिक्रीमा ल्याइएको हो।

हाल १६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद पश्चात ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित : १५ माघ २०७६, बुधबार १६:०८