एनआईसी एसियाका ग्राहकलाई सामसुङका मोवाइल खरीद गर्दा १५ प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसियाका ग्राहकलाई सामसुङका मोवाइल खरीद गर्दा १५ प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच एनआईसी एशियाका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एसटेन, एसटेनप्लस तथा सामसुङ ग्यालेक्सी नोट टेन र टेन प्लस खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईसी एशियाका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पीओएस र क्यूआर प्रयोग गरि सामसुङका यी उत्पादनहरु खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम तीन हजार रुपियाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्र बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सामसुङ नेपालका महाप्रवन्धक प्रणय स्थापितले हस्ताक्षर गरे । यही माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकले अधिकतम् लाभ लिन सक्ने जनाइएको छ ।

प्रकाशित : १५ माघ २०७६, बुधबार ०८:२९