सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत



काठमाडाै । सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले माघ १३ गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । यससंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउन सक्ने छन् ।

फाइनान्सको पौष २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ ।

प्रकाशित : १४ माघ २०७६, मंगलवार १४:३२