ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जि. वि. स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ८ माघ २०७६, बुधबार ११:१८