मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष टेक बहादुर बोहराले सपथ ग्रहण गरेका छन् । अध्यक्ष बोहराले बिहीबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहकाबीच का.मु कार्यकारी निर्देशक किरण पण्डीतबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्थाको नवौंबार्षिक साधारण सभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित भई सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष पदमा पुनर्नियुक्त गरेको थियो । शपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष बोहराले सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका का.मु कार्यकारी निर्देशकलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा नवनियुक्त सञ्चालक समितिका सदस्य सन्तोष फुयाँल, स्वयम्भू श्रेष्ठ, सन्जु घिमिरे तथा कम्पनी सचिव तुलसीराम पाठकको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकको तर्फवाट उपनिर्देशक वीरेन्द्र दत्त अवस्थीलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ माघ २०७६, मंगलवार ११:२७