एनसीसी बैंकको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको शेयर मुल्य समायोजन



नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकले साधारणसभा र लाभांश वितरणको लागि आज बुक क्लोज गरेकोले शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि बैंकको शेयर मूल्य २०२.६१ कायम भएको छ । १५ प्रतिशत बोनसमा बैंकको मुल्य समायोजन भएको हो । माघ ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले माघ १७ गते आफ्नो २२ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । हाल बैंकको चुक्तापुंजी ८ अर्ब १३ करोड छ भने बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी ९ अर्ब ३८ करोड पुग्नेछ।

प्रकाशित : 21 January, 2020 11:23 am