हिमालयन बैंकका ग्राहकलाई ७५ भन्दा बढि स्थानमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकका ग्राहकलाई ७५ भन्दा बढि स्थानमा विशेष छुट



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिकलगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन् ।

बैंकले ती स्थानहरुसंगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५∞ सम्म छुटको व्यवस्था गरेको छ । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।

ग्राहकबर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट धधध।जष्mबबिथबलदबलप।अयm गई हेर्न सक्नेछन् । हाल यो योजना ७५ भन्दा बढि स्थानबाट लागु भएकोमा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : ६ माघ २०७६, सोमबार १७:०१