मुक्तिनाथ विकास बैंक सामाजिक कार्यमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंक सामाजिक कार्यमा



काठमाडौं ।मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।

चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।

प्रकाशित : 14 January, 2020 12:28 pm