सानिमा जनरलले आइपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा जनरलले आइपीओ निष्काशन गर्ने




काठमाडौं। सानिमा जनरल इन्सुरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गर्ने भए छ । साे सभामा आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

सो सम्बन्धि कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा होटल एलो पेगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

प्रकाशित : २९ पुष २०७६, मंगलवार १२:२०